दफा २४१
चोरी गर्न नहुने

(१) कसैले चोरी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले अन्य व्यक्तिको स्वामित्व, कब्जा, नियन्त्रण वा जिम्मामा रहेको चलसम्पत्ति आप्mनो बनाउने, उपभोग गर्ने वा लिन खानका लागि त्यस्तो व्यक्तिको मञ्जुरी विना बेइमानीका नियतलेलिएमा वा स्थान परिवर्तन गरेमा निजले चोरी गरेको मानिनेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि –
(क) “मञ्जुरी” भन्नाले लिखित वा मौखिक रुपमा दिइएको वा आचरणद्वारा व्यक्त भएको मञ्जुरीसम्झनु पर्छ ।
(ख) अठार वर्ष नपुगेका बालबालिकाकोे वा होस ठेगानमा नभएको व्यक्तिको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।